श्रमिक अस्पताल निर्माण संभाव्यता अध्ययन कार्यदलले मन्त्री कुँवरलाई प्रतिवेदन बुझायो


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण संभाव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको संभाव्यता अध्ययन गरेर तयार पारेको प्रतिवेदन आज मन्त्री कुँवरलाई भेटेर बुझाएको हो ।

अध्ययन टोलीद्धारा तयार ३५ पेज लामो प्रतिवेदन प्रतिवेदनमा श्रमिक अस्पतालको आवश्यकता, स्थापनाका उदेश्य, औचित्य, नेपालमा अस्पताल निर्माणमा भएका प्रयास, कार्यादेश, स्रोत व्यवस्थापन, सम्भाव्यता र चुनौतिहरु उल्लेख गरेको छन्।

कार्यदलले अस्पताल निमार्णका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल, अध्ययन र अनुगमन समेत गरेको छ । नेपालमा श्रमिक अस्पतालको आवश्यकता महशुस गरी सोही आधारमा कार्यदलले अस्पताल निमार्णका लागि १३ वटा सुझावहरु समेत दिएको मन्त्रालयको सचिवालयले जनाएको छ ।

कार्यदलका अनुसार अस्पताल निमार्णका लागि करिब २० अर्ब रुपैंया लागत लाग्नेछ । ५ सय देखि १ हजार सैया भएका अस्तपाल निमार्णका लागि १० विगाह जग्गा आवश्यक पर्ने भएपनि दीर्घकालिनसम्मको लागि २५ विगाहसम्म जग्गा उपयुक्त हुने कार्यदलको ठहर छ । तर, जग्गाकै कारण निमार्ण कार्य रोक्न नहुने र अहिलेलाई ५ विगाह जग्गा उपलब्ध भएको ठाउँमा पनि अस्पताल निमार्ण कार्य सुरु गर्नु पर्ने कार्यदलले सुझावमा पेश गरेको कार्यदलका संयोजक एंव श्रम मन्त्रालयका सहसचिव दिपक काफ्लेले जानकारी दिए।

नेपाल सरकारले श्रम अस्पताल निमार्णका लागि दिएको सैद्धान्तिक सहमति तथा कार्यदलले सरकारवाला निकायसँग पटक पटक गरेको छलफलले अस्पतालको आवश्यकता पुष्टि भएकाले यथासिघ्र अस्पताल निमार्ण कार्य अगाडी बढाउनु उपयुक्त हुने कार्यदलका संयोजक काफ्लेको भनाई छ।

नेपाल सरकारले २०७८ फागुन ५ को मन्त्रिपरिषद् बैठकबाट नेपालमा श्रमिक अस्पताल स्थापनाको काम अघि बढाउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो । कार्यान्वयन प्रक्रिया अगाडि कसरी बढाउने भन्नेबारेमा श्रम मन्त्रालयका सहसचिव काफ्लेको संयोजकत्वमा स्वास्थ्य, वन र भूमि मन्त्रालयका प्रतिनिधिसहित श्रमिक अस्पताल निमार्ण सम्भाव्यता अध्ययन कार्यदल गठन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार