
चितवन। नारायणगढ – मुग्लिन सडक अवरुद्ध भएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने भन्ने ठाँउमा बाटोमाथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि अवरुद्ध सडक खुलाउन कार्य भइरहेको छ । उक्त क्षेत्रमा हिजोदेखि नै अविरल वर्षा भइरहेको छ ।










