
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई दोहोर्याएर अर्थमन्त्री बनाएकोमा गोरु पनि लजाएको टिप्पणी गरेका छन् ।
तुलसीलाल अमात्यको स्मृतिमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शर्मालाई अर्थमन्त्रीमा दोहोर्याएको कार्यलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम समेत बताएका छन्।
शर्माको अर्थमन्त्रीमा पुनः नियुक्तीलाई कटाक्ष गर्दै ओलीले भने, ‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला ।’
गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे पनि नभएको उनले बताए ।
आर्थिक बर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी गराएको एमाले आरोपपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । त्यसपछि शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिले अनुसंन्धन र छानविन गरेपछि निर्दोष ठहर गरेको थियो ।
एमाले आरोप झुटा ठहर भएपछि शर्मालाई पुन अर्थमन्त्रीमा नियुक्त गरिएको थियो ।










