म्याग्दीमा पहिरो जाँदा एकै परिवारका ५ को मृत्यु, २ जना घाइते

म्याग्दी । म्याग्दीमा पहिरो जाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा अविरल वर्षापछि आएको पहिरोमा परी आज बिहान एकै परिवारका ५ जनाको मृत्यु भएको हो।

म्याग्दी प्रहरीका अनुसार मृत्यु हुनेहरूमा रुमका ३६ बर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन, १४ वर्षीय राजन र छोरी ७ वर्षीया अस्मी रहेका छन् ।

पहिरोमा परी ३ वटा घर र १ गोठ समेत बगाएको ईलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । पहिरोमा परी सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकको रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार