
काठमाडौं । नागरिकता विधेयक खारेजीको माग गर्दै पाँच वटा वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।
आज राष्ट्रपति कार्यालय शितल निवास पुगेर पाँचवटै पार्टीका नेताहरुले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक खारेजीका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, नेकपा (बहुमत)का कञ्चन, नेकपा (मसाल)का सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चाका नारायण शर्माले राष्ट्रपति भण्डारीलाई भेटेर विधेयक खारेजीको ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, ‘हाल राष्ट्रपतिज्यू समक्ष प्रमाणीकरणका लागि भनि जुन विधेयक प्रस्तुत भइरहेको छ, त्यसले दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रवन्ध र प्रावधानसँग पनि कुनै तादम्यता राख्दैन । त्यसैले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतासँग अभिन्नरूपमा गाँसिएको यो विधेयकलाई संसद्का दुवै सदनबाट फाष्ट ट्रयाकबाट पारित गरी सरकारद्वारा महामहिम राष्ट्रपतिज्यूको प्रमाणीकरणका लागि पठाइएको छ । यो विधेयक संसद्ले मात्र पारित गरेर पुग्दैन । यसका निमित्त सर्वपक्षीय सहमति आवश्यक छ ।’
ज्ञापनपत्र












