
काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक बालुवाटारमा बसिरहेको छ। सरकारले आमचुनावको मिति घोषणा गरेपछि गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको हो।
सत्तारूढ दलका दोस्रो तहका नेताहरू सहभागी बैठकमा चुनावी तालमेलका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने बताइएको छ ।
यसअघि सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोसपालाई सरकारमा ल्याउने प्रस्ताव गरेको थियो। गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोसपालाई सरकारमा ल्याउने विषयमा असहमति जनाएको बताइएको थियो।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहने बताउँदै आएका छन्।










