
काठमाडौं । नुवाकोटमा भूकम्प गएको छ । आज बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । भूकम्पको धक्का महसुश भएपछि मानिसहरु त्रसित हुँदै घरबाहिर समेत निस्केका थिए ।
यसअघि साउन १५ गते बिहान ८ :१३ बजे खोटाङको साकेला गाउँपालिका(५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । जसले केहि पुराना घरहरुमा क्षती पुर्याएको थियो ।










