मिटरब्याजी पीडितहरू र सरकारबीच गृहमन्त्रालयमा वार्ता सुरु

काठमाडौँ । न्यायका लागि नवलरपरासीबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरूसँग सरकनरले वार्ता सुरु गरेको छ। मिटरब्याजी अपराध नियन्त्रणका लागि गठन भएको कार्यदलले नवलपरासीका विभिन्न स्थानीय तहका पीडितहरूसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता सुरु गरेको हो ।

आज बिहान गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट सह-सचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरे लगत्तै पीडितहरुसंग वार्ता सुरु भएको हो । वार्तामा मिटरब्याजी पीडित संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित ७ जनाको टोलीले कार्यदलबीच समस्या सामाधानका लागि वार्ता भइरहेको छ ।

पश्चिम नवलपरासीका ७७ जना मिटरब्याजी पीडित केही दिनदेखि काठमाडौं आएर माइतीघरमा निरन्तर धर्ना दिँइरहेका छन् । नवलपरासीमा सुदखोरहरूले डेढ लाख ऋण दिएर ३० लाखसम्म ब्याज असुलिसकेको पीडितहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार