आज पनि ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा फेरी ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउअनुसार कोरोना संक्रमणबाट थप २ जनाको मृत्‍यु भएको छ । मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ५११ जना कोरोनामुक्त पनि भएका छन् ।

पछिल्लो अपडेटअनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार