
दाङ। प्युठानमा भएको जीप दुर्घटनामा मृत्यु हुने संख्या ३ पुगेको छ । जिल्लाको नौबहिनी गाउँपालिका ६ बहानेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार मृत्यु हुनेमा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालकसमेत २५ वर्षीय लुकेश थापा रहेका छन् ।
शिशु, उनकी दिदी करुणालाइृ घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए। त्यस्तै चालक थापाको भने उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उपरीक्षक थापाले बताए ।
दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने घाइते ७ जनाको उपचार भइरहेको छ । आज साँझ ५ बजे प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको प्रहरले बताएको छ।










