
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज प्रचण्ड निवास खुमलटार गएर मेयर साम्पाङ र उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघाले अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेका हुन् ।
आफ्नो काम गर्ने फरक शैलीका कारण मेयर साम्पाङ अहिले चर्चामा छन् । उनि धरानका हरेक समस्या सामाधानका लागि जनतालाई संगै लिएर अघि बढिरहेका छन् । जसको नेताहरुले समेत प्रशंसा गरेका छन् । स्थानिय चुनाव सम्पन्नपछि अध्यक्ष प्रचण्ड स्वयमले पनि मेयर साम्पाङ सांच्चिकै स्वतन्त्र युवा भएको र उनिबाट केहि सिक्न सकिने बताएका थिए ।
मेयर साम्पाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा समेत गरेका थिए । हिजो मात्रै एक टिभीमा अन्र्तवार्ता दिदैं मेयर साम्पाङले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र प्रचण्डलाई धरानमा श्रमदान गराउने इच्छा ब्यक्त गरेका थिए । उनले अहिले धरानमा खानेपानी, बृक्षारोपण, सरसफाई लगायतका काममा आफुसहित जनतालाई पनि श्रमदानमा जुटाएका छन् ।










