निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ

काठमाडौं । कुमारी आमा भनेर चिनिएकी धनुषाकी निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ गरेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निहारिकाले आफूलाई बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको भन्दै न्यायका लागि काठमाडौंमा आन्दोलन गरिरहेकी छन् । उनले काखमा बालक च्यापेर माइतीघरमा धर्ना दिइसकिन् । अदालतले समेत दोषी उम्काउने काम गरेको भन्दै निहारिकाले केहि दिनअघि मात्रै राष्ट्रपति कार्यालय अगाडी आत्मदाहको प्रयास समेत गरेकी थिइन् । उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै जन्मेको सन्तानको डीएनए परीक्षणको माग गर्दै आएकी छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार