निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल हुने भएपछि सिट भाँडफाँट गर्न गठित कार्यदलको बैठक आज बस्दैछ । आज अपरान्ह बस्ने बैठकमा कुन दललाई कति सिट छुट्याउने भन्ने बिषयमा छलफल हुने बताइएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो बस्ने बैठकले प्रतिनिधिसभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० सिटमा कुन दललाई कति सिट बाँडफाँट गर्ने भन्नेबारे प्रारम्भिक खाकामा छलफल हुने नेताहरुले बताएका छन्। सरकारको नेतृत्व गरिरहेको काँग्रेसले प्रतिनिधि सभाका १६५ सिटमा सय सिट एक्लैले दावी गरिरहेको छ । जसकारण गठबन्धनमा केहि सकश भइरहेको छ ।

हालै सम्पन्न स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुले ल्याएको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति भएपनि निर्णय हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार