‘विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दिउँसो पठाएकाले भएन, अब राति पठाउँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले नागरिकता विधेयक प्रमाणीकरण गर्न दिउँसो नभएर राति पठाउनु पर्ने सुझाव दिएका छन् । विधेयकमाथि छलफलन गर्न जारि प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्दर्भमा उनले व्यंग्यात्मक शैलीमा राति पठाउँदा प्रमाणीकरण हुन सक्ने बताएका हुन् ।

नागरिकता विधेयक पुनह राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपति कार्यालयमा पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्‍यो । किनभने अलि अप्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । प्रमाणिकरण गर्नुपर्ने होला, त्यसो भा हुनाले दिउँसो नपठाउनु होला हाम्रा मन्त्री ज्युहरुलाई । किनभने यो बानी पर्याछ राष्ट्रपति कार्यालयलाई’, सांसद महतले भने ।’

संसदमा फरक शैलीमा आफ्ना विचार राख्दै आउका सांसद महतले प्रमुख प्रतिपक्षी नेकपा एमालेले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै महतले हाल एमालेको नेतृत्वमा रहेका अरु चार समिति फिर्ता लिएर लेखा समिति दिन सुझाव समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार