
दाङ । दाङमा बन्दकर्ताले टिपरमा आगजनी गरेका छत्।आज आज बिहानै घोराहीबाट लमहीतर्फ आउँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेका हुन् । आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बन्दका कारण आज बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द नै रहेका छन् ।
छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न नसकेको प्रहरीले बताएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेको हो ।








