
काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द बन्दै सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्व विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । नेकपाका कार्यकर्ताहरु सडकमा निस्केर बजार, सवारी साधनहरु बन्द गराउँदै हिँडेपछि उनिहरुलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ र ललितपुरबाट एकजना गरि १८ जना बन्दकर्ताहरु पक्राउ परेका हुन् ।
उनिहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।










