उर्जा मन्त्री पुन नर्भिक भर्ना

काठमाडाैं । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नर्भिक अस्पतालमा भर्ना भएका छन् । मन्त्री क्वाटरको सौचालयमा एक्कासी लडेर बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

विहिबार बेलुका पुल्चाेकमा रहेको मन्त्री क्वाटरमा रिंगटा लागेर  ढलेपछि मन्री पुनकाे अहिले नर्भिकमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार मन्त्री पुनको ब्लड प्रेसर समान्य रहेको र मुटुको धड्कन केहि तलमाथी भइरहेको छ । तर अवस्था भने सामान्य नै रहेको बताइएको छ ।

अवस्था समान्य भएपनि उनलाई आज चिकित्सकको निगरानीमै राखिने अस्पताल स्रोतले जनाकारी दिएको छ ।

मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, सभामुख कृष्णबहादुर महरा, पूर्वगृहमन्त्री जनार्दन शर्मा लगायतका नेताहरु नर्भिक पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार