काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल निर्वाचन आयोगविरुद्ध अदालत जाने भएको छ । आयोगको स्वेच्छाचारीता कदमविरुद्ध अदालत जान लागेको अध्यक्ष कमल थापाले बताएका छन् ।
सामाजिक सञ्चाल ट्वीटरमा लेख्दै अध्यक्ष थापाले निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि आफुहरु अदालत जान लागेको बताएका छन् ।
‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन् ।