
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । आज बिहान महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै भवनको बेसमेन्टमा रहेका पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।
विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दावी गरेको थियो । तोकेको समयमा विशाल बजार कम्पनीले नक्सा पेश नगरेको खण्डमा महानगरलेके गर्छ ? भन्ने कुरा कौतहुलताको बिषय बन्नेछ । मेयर बालेन्द्र शाहले अवैध रुपमा बनेका संरचनाहरु भत्काउने जुन एक्सन लिएका छन त्यसले कानुन मिचेर रजाई गर्नेहरुको भने सातोपुत्लो उडेको छ । यसबिचमा मेयर शाहलाई केहि धम्कीहरु आएपनि ब्यापक सर्मथन पाइएको छ ।
महानगरभित्र बनेका त्यस्ता सपिङ मल, कम्पलेक्स, बजारहरुका भवनहरुको भुँई तलामा सवारी पार्किङका लागि ठाउँ खाली राख्ने गरी नक्सा पास भएपनि त्यसलाई दुरुपयोग गर्दै पसलहरु संचालन गरेको पाइएको छ । त्यस्ता अवैध संरचनाहरु महानगरले भत्काइरहेको छ ।
पार्किङका लागि बनाइएका ठाउँमा ब्यापार गरेपछि सडक पेटीमा पार्किङ हुँदा काठमाडौं शहर नै कुरुप र अस्तब्यस्त हुँदै आएको छ ।










