देउवासहित पार्टी पदाधिकारी राष्ट्रपति कार्यालयमा, के हुँदैछ छलफल ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् ।

राष्ट्रपति विद्या भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिसंगको भेटघाटको उदेश्य र एजेण्डाका बिषयमा भने कुनै खुलाइएको छैन्। सरकारले ल्याएको नागरिकता सम्बन्धी विधेयकबारे राष्ट्रपतिसंग केहि विमती रहेका बेला भएको यस भेटलाई महत्वका साथ हेरिएको छ । दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि पठाइएको विधयक राष्ट्रपति भण्डारीले संसदमै फिर्ता पठाइ दिएकी थिइन ।

सोहि बिषयलाई लिएर गठबन्धन सरकार र राष्ट्रपतिबीच केहि खपपट भएको थियो । फिर्ता पठाइएको विधेयक फेरी प्रतिनिधि सभाले हुबहु पारित गरेको छ । विधेयकलाई अहिले राष्ट्रियसभाले विधायन समितिमा छलफलका लागि पठाएको छ ।

पधानमन्त्री देउवासहितका काँग्रेस नेताहरु र राष्ट्रपति भण्डारीबीच यहि बिषयमा छलफल हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार