अपडेटः दार्चुला जिप दुर्घटना मृत्यु हुनेको संख्या ११ पुग्यो, चालक गम्भिर घाइते

दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनापरी मृत्यु हुनेको संख्या ११ पुगेको छ । गम्भिर घाईते जीपका चालक दिपकसिह धामीलाई थप उपचारका लागि भारतको पिथौडागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिपमा चालकसहित १२ जना सवार रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये घटनास्थलबाट प्रहरीले सुरुमा आठ जनाको शव निकालेको थियो भने केहिबेर अघि थप तीन जना महिलागरी ११ जनाको शव उद्धार गरीसकिएको छ ।

जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जिप सोहि गाउँपालिकाको वडा नम्बर ३ राताकाठा भन्ने ठाँउमा दुर्घटना भएको थियो ।जिप सडकबाट करिब ३ सय मिटर तल महाकाली नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले उद्दार कार्य जारी राखेको र शवहरु जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शकर बिष्टले जानकारी दिए। राती भएका कारण मृतकहरुको सनाखतमा समस्या भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार