
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन्।
नेपाल क्रिकेट संघ ९क्यान०का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसंग वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले कुराकानी गर्दै आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग ९सीपीएल० खेलेर मात्रै नेपाल फर्कने बताएका हुन् ।
सन्दीपलाई फोन गरेर उनिविरुद्ध बलात्कार आरोपको मुद्धा परेको जानकारी गराएका कार्यवहाक सचिव मल्ललाई उनले आफु त्यसबारे जानकार रहेको र क्यानले आफुलाई कानुनी रुपमा सहयोग गरिदिन आग्रह गरेको बताए ।
मल्लसंगको कुराकानीमा सन्दीपले आफुविरुद्धको केसमा आईसीसी र एसियन क्रिकेट काउन्सिलले पनि चासो देखाएको र उनीहरुलाई आफूले जवाफ दिएर पठाएको बताएका छन् । सन्दीपविरुद्ध एक १७ वर्षीय किशोरीले आफुलाई होटलमा लगेर पटक पटक बलात्कार गरेको आरोप लगाउँदै उजुरी गरेकी छन् ।
भिडियो पनि हेरौं










