
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) छोडेर नेपाल फर्किन लागेका छन्। सीपीएल सकेर मात्रै नेपाल फर्किन्छु भनेका सन्दीपलाई क्यानले निलम्बित गरेपछि उनि नेपाल फर्किन बाध्य भएका हुन ।
आज बिहान सामाजिकसंजाल फेसबुकमा लेख्दै उनले आफुमाथि लागेको बलात्कारको आरोप निराधार रहेकाले अनुसंन्धानमा सघाउन आफु नेपाल फर्किन लागेको बताएका हुन् । नेपालको कानुनप्रति पुर्णभरोसा रहेको समेत उनले फेसबुक स्टाटसमा लेखेका छन् ।
सन्दीपलाई बलात्कारको आरोप लागेपछि क्यानले हिजो एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको थियो । एक १७ बर्षीय एक किशोरीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेकाले क्यानले उनलाई निलम्बन गर्न बाध्य भएको हो ।
काठमाडौं जिल्ला अदालतले हिजो सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार ति किशोरीले सन्दीपविरुद्ध बलात्कार गरेको आरोपमा उजुरी दिएकी थिइन्। त्यसपछि अनुसंन्धान थालेको प्रहरीले सन्दीप बसेको होटलको सिसिटिभी फुटेज नियन्त्रणमा लिएको छ । जसमा सन्दीपसंगै एक किशोरी राती होटल छिरेको देखिएको प्रहरीले जनाएको छ ।
भिडियो पनि हेरौं












