चोलेन्द्रको चेतावनीः मलाई सर्वोच्च जान रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई सर्वोच्च अदालत जान रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । आज बिहान ११ बजेपछि सर्वोच्च जाने तयारी गरेका उनले जान नपाएपछि आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको कार्यकाल हिजो सकिएसँगै आजबाट सर्वोच्च अदालत जान खोज्दा सरकरले रोकेर अराजकता प्रर्दशन गरेको उनले संचारमाध्यमहरुमा बताएका छन् ।

सर्वोच्चको र आफु बस्ने क्वाटरको ढोकामा प्रहरी राखेर बाहिर निस्कनै नदिने योजना बनाएर सरकारले अराजकता प्रदर्शन गरेको जबराको आरोप छ ।

जबरा सर्वोच्च जाने प्रयासमा रहेपछि नेपाल बार र सर्वोच्चकै कर्मचारीले पनि विरोध गरेका छन् । जबरा सर्वोच्च फर्किने सन्देश पाएसंगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले ९ वटा कारण देखाउँदै निलम्बित प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव पुष्टि हुने निष्कर्ष निकालेको छ । तर, जबरा भने संसदको कार्यकाल सकिएसँगै आफ्नो महाअभियोग पनि निष्क्रिय भएको दाबी गर्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार