काडमाडौं । बाजुरामा आइताबार विहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको जगनाथ गाउँपालिका ४ थारीकाँडाकी सिर्जना खत्री रहेकी छन् ।
१४ वर्षिया सिर्जना मिलमा गएको बेला उनले आढेको पछौरा चलिरहेको मिलले तान्दा लडेर तारमा लागेपछि उनको करेन्ट लागेको बताइएको छ । सोहि करेन्टले उनको ज्यान समेत लियो । मिल उनका बुवाले संचालन गरिरहेका छन् ।