निर्मला हत्याकाण्डका घाईतेको गुनासोः ‘अस्पतालले घर जाउँ भन्छ, सरकारले बेलैमा खर्च दिदैन'(भिडियोसहित)

घाईते अर्जुनलाई कैलाली उद्योग वाणिज्य संघद्धारा ह्विलचियर सहयोग

 

काठमाडौं । कंचनपुरकी निर्मला पन्त हत्याकाण्डका घाईते अर्जुन भण्डारालाई अत्याधुनिक ह्विलचियर सहयोग गरिएको छ । बिगत सात महिनादेखि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेका उनलाई कैलाली उद्योग वाणिज्य संघले ह्विलचियर सहयोग गरेको हो ।

घाईते अर्जुनलाई अस्पतालमा वाहिर भित्र जानका लागि ह्विलचियरको अभाव भएपछि स्वतन्त्र नागरिक समाज कैलाली कंचनपुरकी अभियान्ता भुमि फुलाराको पहलमा वाणिज्य संघले ह्विलचियर सहयोग गरेको थियो ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि कंचनपुरमा भदौ सात गते भएको आन्दोलनमा प्रहरीको गोली लागि अर्जुन शक्त घाईते भएका थिए ।
गोली लागेर उनको दाहिने खुट्टा काटिएको छ भने शरिरका अँगहरु निष्कृय हुँदै उनको बोली फुट्दैन । तर, पछिल्लो समय स्वास्थ्यमा केहि सुधार भइरहेको अस्पतालले जनाएको छ ।

“पहिला त पाईपबाट खाना खुवाइन्थ्यो अहिले मुखबाटै खाना खुवाउँछौं अर्जुनकी आमा शिवकला भण्डाराले भनिन, अब त हातहरु पनि चलन थालेका छन, बेस्सरी हाँस्छ अहिले ।”

अर्जुनकी आमा शिवकलाले पछिल्लो समय अस्पतालबाट आफुलाई बिरामी घर लैजान दवाब दिइरहेको गुनासो गरिन । “यस्तो आधा मरेको छोरो म कसरि घर लैजाउँ उनले भनिन, मेरो छोरोलाई विदेश लगेर उपचार गराईदिनुस, दिमाग ठिक गरिदिनुस भनेर सात महिना देखि रोई कराई गरिरहेकी छु तर कसैले मेरो आवाज सुनेको छैन ।”

आमा शिवकलाका अनुसार गृहमन्त्रालयबाट छोरा अर्जुनको उपचार खर्च र आफ्नो खान बस्ने खर्च समयमै नआउँदा समस्या भइरहेको छ । अस्पतालबाट बिल, भरपाईहरु पठाएको एक महिनासम्म पनि पैसा नपठाउँदा आफु कुनै दिन भोकै बस्नु परेको दुखेसो सुनाइन ।

भिडियो हेर्नुहोस 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार