सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

काठमाडौं । सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप नेपालमा हुने निर्णय गरेको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिता गराउने जिम्मा दिएको जनाएको छ । आईसीसीको बोर्ड बैठकको निर्णय अनुसार सन् २०२३ को पहिलो संस्करणको यू-१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुनेछ ।

त्यस्तै सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा, सन् २०२५ को प्रतियोगिता मलेसिया र थाइल्याण्डमा हुनेछ।

सन् २०२६ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुनेछ भने सन् २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजन गर्ने अवसर मिलेको छ।

यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको महिला टिमले पहिलो पटक खेल्ने अवसर पाइरहेको छ।

नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो भन यू-१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार