जन्मकैदको फैसलापछि सांसद रेशम चौधरी अब के गर्लान ?

जिल्ला अदालत कैलालीद्धारा सांसद चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला

कैलाली । कैलालीको टिकापुर घटनाका आरोपितलाई दोसी ठहर गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले बुधबार दिउँसो फैसला सुनाउँदै सांसद चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । साथै नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीसहित तीन जनालाई सफाई दिइएको छ ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा एक नाबालकसहित ८ प्रहरीको हत्या भएको थियो । उक्त घटनाको आरोपमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सांसद चौधरी जन्मकैद होलान त ?

जिल्ला अदालत कैलालीले बुधबार गरेको फैसला अनुसार सांसद चौधरी जन्मकैद होलान त ? यो प्रश्न पनि फैसलासंगै जनमानसमा उठेको छ ।

कानून अनुसार जिल्ला अदालतको फैसला आफुलाई मन्जुर नभएमा अदालतको माथिल्लो निकायमा जानसक्ने अवस्था कायम रहेको छ । सांसद चौधरीले जिल्ला अदालतको फैसलामा असहमती राख्दै अदालतको नियम अनुसार न्यायका लागि उच्च अदालत जान सक्ने ठाँउ रहेको कानून ब्यवसायिहरुको भनाई छ ।

केहि महिना अघिमात्रै सांसद पदको सपथ खाएका सांसद चौधरी आफु निर्दोष भएको भन्दै आएका छन् । टिकापुर घटना लगत्तै लुकेर बसेका चौधरीले पछि जिल्ला अदालत कैलालीमा आत्मसम्र्पण गरेका थिए । त्यसपछि उनलाई पुर्पक्षका लागि जेलमा लगिएको थियो । अहिले पनि उनि जेलमै छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार