रामोसको ह्याट्रिकमा जित्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा, अब मोरक्कोकोसंग भिड्ने


पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लुसेइल स्टेडियममा गएराति भएको खेलमा पोर्चुगलका गोन्सालो रामोसको ह्याट्रिकमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल गरे ।

रामोसले खेलको १७औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

खेलको ५१औं मिनेटमा रामोसले व्यक्तिग दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० गोलको अग्रता दिलाएका थिए । खेलको ५५औं मिनेटमा गुरेइरोले गोल गर्दै पोर्चुगलको अग्रता ४–० बनाउँदा स्वीजरल्यान्डका मानुयल अकाङ्जीले गोल गर्दै टिमलाई ४–१ गोलको अवस्थामा ल्याएका थिए ।

खेलको ६७औं मिनेटमा रामोसले ह्याट्रिक पूरा गर्दै टिमलाई ५–१ गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा लाओले गोल गर्दै पोर्चुगललाई ६–१ गोल अन्तरको जित दिलाएका थिए । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार