
काठमाडौ । नेकपा माओवादी केन्द्रका दुईजना पोलिटब्युरो सदस्यलाई चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेससभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई जिताउन भुमिका खेलेको भन्दै माओवादीको सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका हुन् । ति कमिटिहरुले पोलिटब्युरो सदस्यहरु अचुतम काफ्ले र रामेश्वर राय यादवलाई कारबाही सिफारिस गरेको हो ।
माओवादीका यादवले सर्लाही ३ बाट एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट मागेर हिडेकाले कारबाही सिफारिस गरिएको हो । ‘त्यस क्षेबाट माओवादी केन्द्रका नरेन्द्र कलवार साह उम्मेदवार थिए । काफ्लेले चुनावमा आफ्ना पार्टीका उम्मेदवारलाई भोट नमागेर निष्क्रिय बसेको भन्दै कारबाही सिफारिस गरिएको स्थानिय माओवादी नेताहरुले बताएका छन् ।
यस बिषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहान सर्लाहीमा भएको अन्तर्घातका विषयमा दुवै पक्षसँग छलफल गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुवै पक्षका नेताहरूलाई बोलाएर चुनावमा भएको अन्तर्घातका विषयमा चासो राख्दै प्रचण्डले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डले पार्टी पोलिटब्युरो सदस्य रामेश्वर राययादव,अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह, हरिवन, बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता लगायत जिल्ला कमिटीमा भएका नेतासँग बैठक गरेर अन्र्तघातका बिषयमा छलफल गरेका छन्।










