निर्वाचित मन्त्री कुँवरलाई वैदेशिक रोजगार व्यवसायीहरुद्धारा वधाई तथा सम्मान


कठामाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई वैदेशिक रोजगार व्यवसायीहरुले वधाई तथा सम्मान गरेका छन् ।
मंसिर ४ गते सम्पन्न चुनावमा मन्त्री कुँवर अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएको अवसरमा आज मन्त्रालयमा वैदेशिक रोजगार व्यवसायीहरुले वधाई तथा सम्मान व्यक्त गरेका हुन् ।

उनिहरुले मन्त्री कुँवरलाई सफल कार्यकालको शुभकामना दिदै वैदेशिक रोजगारका बिषयमा छलफल समेत गरेका छन् । मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने श्रमिकहरुका गुनासा, समस्याहरुलाई वैदेशिक रोजगार व्यवसायी र सरकार मिलेर सहज बनाउँदै लैजानुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार