
काठमाडौँ । बिहेको सिजनमै सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मुल्य ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
गत फागुन २५ गते भने सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । वैशाखयता सुनको मूल्य १ लाखभन्दा तल रहँदै आएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यअनुसार नेपालमा पनि मूल्य निर्धारण गर्ने गरिन्छ ।










