
काठमाडौं । चर्चित गायक प्रकास सपुतले बलिउडका चर्चित अभिनेता शाहरुख खान र विश्व चर्चित फुटवलर क्रिष्टियानो रोनाल्डोको नाम मिसाएर आफ्नो छोराको नामकरण गरेका छन् ।
छोराको नामाकरणबारे लामो फेसबुक स्टाटस लेख्दै गायक सपुतले आफ्नो नामको एक अक्षर संगै शाहरुख र रोनाल्डोको नामको एक एक अक्षर जोडेर प्रखर नामाकरण गरेको जनाएका छन् ।
उनले शाहरुख र रोनाल्डोले आफ्नो करियरमा भोगेका दुखसंग आफ्ना दुख सम्झदै छोराको नामाकरण गरेको बताएका छन् ।
‘साझ रेस्टुरेन्ट बन्द हुने बेला दिनभर बेचेर बाकि रहेका पाउरोटिका टुक्राहरु मागेर खाने क्रिस्टियानो रोनाल्डो यो युगको अलौकिक खेलाडि हुन । उनको प्राप्ति विशाल छ । यधपि उनले देशका लागी विश्वकप जित्न सकेनन र हिजो रुदै फर्किए। आफ्ना अविभावक गुमाए पछि भौतारिदै मुम्बई पुगेर संघर्ष गरेका शाहरुख़ खान बलिउडका अन्तिम सुपरस्टार मानिन्छन । उनी जत्तिको अब कोहि हुदैनन भन्ने अड्कल गरिन्छ । उनको परिचय र प्राप्ति असीमित छ । यधपि उनका पछिल्ला केहि चलचित्र लगातार फ्लप भए र उनी ४ वर्ष ब्रेक लिन बाध्य भए’, गायक सपुतले शाहरुखको संघर्ष स्टाटसमा उल्लेख गरेका छन् ।
उनले आफुले पनि सांगितीक जिवनमा थुर्पै दुख अभाव खेपेका स्मरण गरेका छन् ।
‘काठमाण्डौबाट निकै दुर एउटा गाँउ र गाँउमा रहेको समाजको तल पिधबाट उक्लेर आफ्नै बलबुतामा खुट्टा टेकेर अलिकति शिर उठाएको र केहि परिचय बनाएको म प्रकाश सपुत जो चरम अभाव, अपमान, संघर्ष र असफलताबाट गुज्रिएको छ पटक पटक ।
यसरी मैले बाचेको, देखेको र चिनेको हाम्रो समयका यि ३ अजिव पात्रबाट धेरै कुरा सिक्न सकिन्छ। सपना र लगाव सिक्न सकिन्छ । संघर्ष र सफलता सिक्न सकिन्छ । फेरी असफलता र निरन्तरता सिक्न सकिन्छ । जिवनमा असम्भव केहि छैन तर स्थिर पनि केहि छैन भन्ने सिक्न सकिन्छ । संघर्ष ( सफलता( असफलता( निरन्तरता ( मेहनत ले बनेको जिवनको सन्तुलन सिक्न सकिन्छ । उसले पनि यस्तै केहि सिकोस । दुखसुख, हारजित, पाउनुगुमाउनु, सफलताअसफलता, उतारचढाव को सन्तुलनमा जिवन बुझोस भनेर भिन्न देश, भाषा र धर्मका( प्रकास, शाहरुख़ र रोनाल्डोको नाम बाट एक(एक अक्षर झिकेर शुद्ध नेपालीमा छोराको नाम राखियो ‘प्रखर’ , उनले स्टाटसमा लेखेका छन् ।












