
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
पूर्वप्रधानमन्त्री समेतर रहेका नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएपछि आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो ।
उनको निजी सचिवालयले जनाएअनुसार अध्यक्ष नेपालको उपचारमा त्रि।वि। शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न छ । संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको पनि सचिवालयले जनाएको छ ।











