सोपानद्धारा मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र

कैलाली । दलित साहित्य सोपान धनगढी कैलालीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ । भाषा, साहित्य, कला संस्कृति र सिपका स्रोत दलित समुदायलाई राज्यले उपेक्षा गरिरहेको भन्दै ध्यनार्कषणसहित ज्ञापन पत्र बुझाएको हो ।
सोमबार सोपानका पदाधीकारीसहितको टोलीले मुख्यमन्त्री भट्टसंग भेटगरी सरकारले प्रज्ञा प्रतिष्ठानहरु गठन गर्दा दलित समुदायका स्रस्टाहरुलाई समावेश नगरि उपेक्षा गरेको गुनासो गर्दै प्रदेश सरकारले त्यस्तो नगरोस भन्दै ध्यानाकर्षण गराइएको सोपानका अध्यक्ष गणेश नेपालीले जानकारी दिए ।

लोक सांस्कृतिक सङ्ग्राहलय स्थापना, विद्युत विना चल्ने पङ्खाका आविष्कारक वैज्ञानिक स्व. लाल बहादुर विश्वकर्मा प्रतिष्ठान स्थापना , पुरस्कार र सम्मान गर्दा प्रदेश सरकारले दलित स्रस्टालाई समावेश गरोस भन्दै सोपानले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
साथै, यी विधामा अध्ययन अनुसन्धान गर्न दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान र यी विधामा पेशारत दलित पेशाकर्मीहरुलाई प्रोत्साहन गर्न बजेट समेत विनियोजन गर्न ध्यानाकर्षण गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले समावेशीता र समानुपातिक प्रणाली संविधानमा नै प्रष्टसंग ब्यवस्था गरिएकाले त्यसको कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताए । मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा ब्याप्त जातीय छुवाछूत हटाउनका लागि सरकारको तर्फबाट अभियान थालिने समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार