भित्र संसद बैठक चल्दै बाहिर युवकद्धारा आत्मदाहको प्रयास


काठमाडौँ । संघीय संसद भवन अगाडी एकजना युवकले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनकै अगाडी सडकमा एक युवकले आफनो शरिरमा पेट्रोल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

आगो लगाएर घाइते भएको आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनले किन आत्महदाहको प्रयासको गरे भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाईछ ।

संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै ति युवकले आत्मदाहको प्रयास गरेको बताइएको छ। प्रधानमन्त्री प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले प्रहरीको भनाई छ ।

सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार