आत्महत्याका घटनाबारे न्यायिक छानविन समिती बनाउन माग


काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले देशमा बढ्दै गइरहेका आत्महत्याका घटनाबारे छानविन समिती बनाउन माग गरेका छन् । आज दिउँसो एक बजेबाट जारि प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै स्वतन्त्र सांसद सिंहले देशमा भइरहेका आत्महत्याका घटनाबारे न्यायिक छानविन गर्न समिती गठन गर्नुपर्ने माग गरेका हुन् । उनले आत्महत्याको कारण पत्ता लगाउने र त्यसलाई न्युनिकरणका लागि सरकारको ध्यान जानुपर्ने पनि बताए ।

केहि दिनअघि संसद भवन अगाडी इलामका ब्यवसायी प्रेम आर्चायले आत्मदाह गरेका थिए । उनले आत्मदाह गर्नुपुर्व फेसबुकमा लामो स्टाटस लेख्दै आफुलाई ब्यवसाय गर्दा केहि सरकारी संरचना र केहि ठुला ब्यवसायीबाट सास्ती ब्यहोर्दा आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए ।

भिडियो हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार