कंचनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यामा प्रमाण नष्ट र यातना दिएको अभियोगमा ६ जना प्रहरीबाट जिल्ला अदालत कंचनपुरले लाखौं धरौटी असुल्न आदेश जारि गरेको छ ।
बिहीबार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले यातना तथा सार्वजनिक कसुर अन्र्तगत छुट्टा छुट्टै मुद्दामा प्रतिवादी ६ जना प्ररहीबाट ३१ लाख धरौटी रकम असुल्न आदेश दिएको हो ।
जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार आदालतले कञ्चनपुरका पूर्व डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच / पाँच लाख र सार्वजनिक कसुर मुद्दामा चार / चार लाख गरि दुबैजनाबाट १८ लाख धरौटी असुल्न आदेश दिएको छ ।
त्यस्तै, सार्वजनिक मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्टबाट ४ लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामीबाट ३ लाख ५० हजार, राम सिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउदबाट २ लाख ५० हजार रुपैयाँ धरौटी असुल्न आदेश दिइएको छ।
यातना र प्रमाण नष्ट गरेको अभियोगमा मुद्धा चलाइएका ८ जना प्रहरीमध्ये एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसीका हकमा आदालतले यस अघि नै आदालतमा हाजिर हुन पत्र काटेको थियो । उनीहरु सम्पर्कमा नआएको अदालतले जनाएको छ ।
आठ जना प्रहरी बिरुद्ध जिल्ला अदालतमा एक हप्ताअघि निर्मलाको हत्या प्रकरणबारे दुईवटा मुद्दा दर्ता भएका थिए ।
निर्मलाकी आमा दुर्गादेवी र घटनाका निर्दोष दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा तत्कालिन एसपी डिल्ली राज विष्टसहित आठ प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरिएको थियो ।
सरकारी वकिल कार्यालय कञ्चनपुरका अनुसार निर्दोष दिलिपसिंह विष्टलाई यातना दिएकोे अभियोगमा तत्कालिन एसपी डिल्ली राज विष्ट, सिबिआईका डिएसपी अंकुर जिसी, डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का विरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
घटना सम्बन्धी प्रमाण नष्ट गरेको अभियोगमा भने तत्कालिन एसपी डिल्लीराज विष्ट, डिएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी तथा प्रहरी निरीक्षकहरु एकेन्द्र खड्का तथा जगदीश प्रशाद भट्ट, सई हरिसिंह धामी, असई राम बहादुर धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा दर्ता गरिएको थियो । मुद्धा दर्ता गरिएको एक हप्तापछि अदालतले फैसला गर्दै आठ जनामध्ये ६ जना प्रहरीबाट ३१ लाख धरौटी असुल्न आदेश दिएको हो ।