
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । बैठक केहीसमय अघि देखि च्यासलमा बसीरहेको बताइएको छ ।
सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले राखेको माग लगायतका विषयमा छलफल हुने छ ।
सुदुरपश्चिम प्रदेशमा सरकारमा जाने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीले मुख्य मन्त्रीलाई विश्वासको मत नदिने अडान राखेको छ । आफ्नो पार्टीका संस्थापक नेता रेशम चौधरी लगायत टिकापुर घटनामा संलग्नलाई रिहा गर्ने सहमति गरेपछि मात्रै विश्वासको मत दिने अडान राखेको छ ।
सुदुरपश्चिम प्रदेशमा मुख्य मन्त्री एमालेका राजेन्द्रसिहं रावलले आज विश्वासको मत लिने कार्यक्रम रहेको छ । दिउँसो २ बजे बस्ने भनेको प्रदेश सभाको बैठक ४ बजेलाई सारिएको छ ।












