अन्तत कुमारी आमा निहारिका र शिवराजबीच विवाह


 धनुषा । कुमारी आमा भनेर चर्चामा आएकी निहारिका राजपुत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । धनुषा जिल्लाको जानकी मन्दिरमा उनिहरुको विवाह भएको हो। शिवराजको बलात्कारबाट बच्चा जन्मेको भन्दै उनले शिवराज विरुद्ध अदालतमा उजुरी दिएकी थिइ्न ।

निहारिकाले शिवराजविरुद्ध अंश मुद्दा पनि हालेकी थिइन् । नेहारिका न्यायका लागि काठमाडौंसम्म पुगेर माइतीघरमा धर्ना बसेकी थिइन् । उनले आफ्नो बच्चाको बुवा शिवराज भएको भन्दै डीएनए जाँचको माग गर्दै काठमाडौंमा प्रर्दशन गरेकी थिइन् । पछि बच्चाको डिएनए जाँच गर्दा शिवराजसंग मिलेको थियो ।

निहारिकको आरोपमा सत्यता नभएको भन्दै शिवराज पन्छिरहेका थिए । जब अदालतमा मुद्धा दर्ता भएर अनुसंन्धान सुरु भयो त्यसपछि दुवैजनाको पुर्नमिलन भएको थियो ।

उनीहरुबीच माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भई शिवराजले निहारिकालाई श्रीमती स्वीकारेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार