आज प्रेमिल मनहरुको उत्सव ‘भ्यालेन्टाइन डे’

काठमाडौँ । आज भ्यालेन्टाइन डे, अर्थात प्रणय दिवस । दिवसका अवसरका आज विश्वभर बिशेष गरी युवा युवतीहरुले आफ्नो प्रेम दर्शाउँदै उत्सव मनाइरहेका छन् । प्रत्येक वर्ष १४ फेब्रुअरीआजका दिन विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा देशका विभिन्न शहर, बजारहरुमा युवायुवतीहरुले शुभकामना आदानप्रदान गर्दै मनाईरहेका छन् ।

रोमका एक शासकको प्रेम सम्बन्धी कठोर नियमलाई तोडेका कारण प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको थियो । उनकै सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। यो दिवस अहिले विश्वब्यापी भइसकेको छ ।

तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले भ्यालेन्टाइन डे नै भनेर मनाउन सुरु गरेका थिए।

यो दिवस सप्ताहरुपमा मनाउने चलन छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ। यसरी सप्ताहव्यापी रुपमा मनाइरहँदा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार दिदैं प्रेम प्रस्ताव राख्ने गर्दछन् । आजको दिनलाई आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार