युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा दम्पती पक्राउ


दाङ । दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही १४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् ।

२० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी दाङले जनाएको छ।

दम्पतीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारेर गत माघ २१ गते भारतको चन्ढिगढ पुर्‍याएको प्रहरीको भनाई छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीकाअनुसार ति युवतीलाई बाँकेको नेपालगञ्ज सीमा नाका रुपैडिहा हुँदै भारतको चण्ढिगढ पुर्‍याइएको थियो ।
होटल संचालक दम्पतीले कोठी सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचेको अनुसंन्धानबाट खुल्न आएको प्रहरी प्रमुख वलीले बताए ।

प्रहरी प्रमुख वलीका अनुसार कोठीमा पुर्याएर पीडित युवतीलाई १२ दिनसम्म वेश्वावृति गर्न लगाइएको थियो । पछि युवती बेचिएको खबर उनकी आमाले पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले उजुरीका आधारमा माघ २२ गते विभिन्न संघसंस्थाको समन्वयमा पीडित युवतीलाई कोठीबाट उद्धार गरेर नेपाल फर्काएको उनले बताए । पीडित युवतीका आफन्त्को उजुरीको आधारमा फागुन ४ गते होटल सन्चालक दम्पती पक्राउ परेका हुन ।

पक्राउ परेका दम्पतीलाई ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४’ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख वलीले बताए ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार