
काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको ब्याँसी बस्ने २८ वर्षका नवीन मानन्धरलाई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। मान्नधरबाट प्रहरीले दुईवटा नक्कली लाइसेन्स पनि बरामद गरेको उपरीक्षक राठौरले बताए। उनीमाथि प्रहरीले लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।










