रामेछापकी बेसाहारा बिमलालाई फेरि आयो आर्थिक सहयोग

काठमाडौं । अज्ञात गाडीको ठक्करबाट दाहिने हात गुमाएकी रामेछापकी बिमला बिकको उपचारमा फेरि एकजना युवाले आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावमा बिमलाको उपचारमा समस्या भइरहेको खबर अनमोलपोस्टमा पढेपछि भारतको सिक्कीम स्थायी घर भएका रमेश लामाले उनलाई आर्थिक सहयोग गरेका हुन ।

काम बिशेषले नेपाल आएका लामाले अनमोल पोस्टलाई सम्पर्क गरी बिमलालाई उपचारमा रु.पाँच हजार सहयोग दिएका थिए । जुन सहयोग रकम बिमलाकी दिदि अनुलाई मंगलबार हस्तान्तरण गरिएको छ ।

उक्त सहयोगले आफुलाई बहिनीको हातको पट्टि फेर्न र औषधी किन्नमा ठुलो सहयोग पुग्ने बताएकी छन् । “बहिनीको हातको पट्टि फेर्न समेत पैसा थिएन उनले भनिन, पाँच हजार पाएपछि अब केहि दिनलाई ढुक्क भयो ।”

सिक्किमका लामाले आगामी दिनमा पनि बिमलाको उपचारमा सक्दो सहयोग गर्ने बताएका छन ।

बिमलाको स्वास्थ्य अवस्थाबारे अनमोल मिडिया युटुब च्यानलले उनको पहिलो अन्र्तवार्ता लिएपछि भारतमा बस्दै आएका रुकुमका प्रकास थापाले पनि यसअघि उनलाई नेपाली रु. १६ हजार आर्थिक सहयोग गरेका थिए । अनमोलपोस्टको पहलमा अहिलेसम्म बिमलालाई रु.२१ हजार आर्थिक सहयोग जुटेको छ । जुन रकम थोरै भएपनि आफुहरुको लागि ठुलो सहयोग भएको बिमलाकी दिदि अनुले बताएकी छन् ।

आर्थिक अभामा बिमला काटिएको हातको पट्टि समेत फेर्न सकिरहेकी थिइनन् । सुरुमा पाएको उक्त आर्थिक सहयोगले बिमलाले हातको पट्टि फेर्नुका साथै औषधी किनेकी थिइन ।

रामेछाप घर भएकी बिमलालाई श्रीमानले अर्को विबाह गरेपछि उनलाई दुईबर्ष अगाडी घरबाट निकालेको बिमलाले बताएकी छिन । घरबाट निस्किएर उनि चितवन पुगेर दिदि अनुको सहयोगमा एक होटलमा काम गर्दै थिइन । बिमलाका १० र ७ बर्षका दुई छोराहरु बुवासंगै रामेछापमा बस्दै आएका छन ।

दिदि अनुको सहयोगमा चितवनको एक होटलमा भाडा माझेर गुजारा गर्दै आएकी बिमला काम सकेर कोठा फर्किदै गर्दा उनलाई चितवनको बिरेन्द्रनगर चोकमा गत माघ १३ गते राती सवा नौं बजेपछि अज्ञात गाडीले पछाडीबाट ठक्कर दिएको थियो । गाडीको डक्करबाट शक्त घाईते भएकी बिमलालाई अर्को दिन उपचारका लागि काठमाडौंको बि एण्ड बि अस्पताल ल्याइएको थियो ।

दाँहिने हात चार ठाँउमा भाँचिएकाले बिमलाको हात नै काटेर फलिएको छ । काटिएको हातको उपचारका लागि पैसाको अभावमा उनलाई अस्पतालले डिस्चार्ज नगर्दै घर ल्याइएको थियो । बिमलाको केहि दिन अघिमात्रै दाहिने खुट्टामा पनि समस्या देखिएको छ । तिघ्रामा ठुलो मासुको डल्लो निस्किएको र हिडडुल गर्न पनि नसकिरहेको उनले बताएकी छन् ।

ठक्कर दिने गाडीको खोजीका लागि स्थानिय प्रहरी प्रसाशनदेखि गृहमन्त्रीलाई समेत भेटी आफ्नो अवस्थाबारे जानकारी गदाउँदा समेत कतैबाट सहयोग नपाएको उनको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार