नवनिर्वाचित राष्ट्रपति पौडेललाई पत्रकार महासङ्घको बधाई

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । आज राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको टोलीले राष्ट्रपति पौडेलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएको हो ।

सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण समेत गरेका छन्। त्यस्तै महासङ्घको टोलीले राष्ट्रपति पौडेललाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो ।

महासंघका प्रतिनिधिहरुसंग राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सराहना गरेका थिए। साथै उनले सत्यतथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना समेत गरे ।
राष्ट्रपति पौडेल फागुन २५ गते निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार