
काठमाडौं । नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ। आज
बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो ।
प्रधानमन्त्री प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका छन् । साथै पहिलो चरणमा एक जनाको नाम पठाउन भनेका छन् ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् । उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ । ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।
पार्टी शीर्ष नेताहरूको बैठकले उपाध्यक्ष भुसाल र उपमहासचिव ज्वालालाई मन्त्री पठाउने निर्णय गरेको भएपनि सार्वजनिक रुपमा भने तीन मन्त्रालयको दाबी छाडेका छैनन् ।













