काभ्रे । काभ्रेमा बुहारीले आफ्नै सासुको हत्या गरेकी छन् । जिल्लाको धुलिखेल नगरपालिका १ देवीटारमा गएराती बुहारी सुन्तली तामाङले आफ्नै सासु माइलीमायाको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार राति करिब १० बजेतिर सामान्य घरायसी विवादमा २४ बर्षिय बुहारी सुन्तलीले ६३ वर्षीया सासु माइलीमायाको भित्तामा टाउको ठोक्काएर हत्या गरेको हो ।
आफ्नै बुहारीको कुटाईबाट शक्त घाइते माइलीमायो उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति एक बजे मृत्यु भएको थियो ।
घटनालगत्तै प्रहरीले बुहारी सुन्तली र उनका श्रीमान धावा तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।










