
काठमाडौं । आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने भएको छ । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रशासन गरेर चुनाव चिन्ह वितरण गरिने जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।
आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । उपनिर्वाचनमा चितवन २, तनहुँ १, बारा २ मा उम्मेदवार भएकाको अन्तिम नामावली प्रकासन गरिनेछ ।
गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट काँग्रेसबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएको र चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन हुन लागेको हो ।
तिनै निर्वाचन क्षेत्रमा उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुन् देखिन्छ । सभापति लामिछानेले पनि चितवन २ मा उम्मेदवारी दिएका छन् । त्यहाँ एमाले र सत्ता गठबन्धनबाट पनि बलिया उम्मेदवार रहेकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।











