
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिको बाटो छिट्टै खुल्ने बताएका छन् । आज बालुवाटारमा नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसंगको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिको बाटो छिट्टै खुल्ने बताएका हुन् ।
आउँदो आइतबार प्रतिनिधि सभा नियमावली निर्णयार्थ पेस गरिने र त्यसपछि प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रचण्डको बताए ।
संवैधानिक परिषद्को बैठक बस्न नसकेको र प्रधानन्यायाधीश नियुक्तिमा भएको ढिलाइबारे पदाधिकारीहरुसंगले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
छलफलमा तत्काल संवैधानिक परिषद्सम्बन्धी ऐन पारित गर्ने र त्यसपछि बैठक बोलाउनेबारे प्रधानमन्त्रीले आश्वासन दिएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।
प्रधानन्यायाधीश नियुक्तिबारे १० दिन भित्रपनि कुनै प्रकृया सुरु नभए आन्दोलनमा जाने बारले चेतावनी समेत दिएको छ ।









