दाङमा ७३ वर्षीया वृद्धालाई बलात्कार गरिरहेकै अवस्था दुई युवा पक्राउ


दाङ । दाङमा एक ७३ वर्षीया वृद्धा महिलालाई सामुहिक बलात्कार गर्ने दुई जना युवा पक्राउ परेका छन् ।
दाङको तुलसीपुरमा बस भित्र सामूहिक बलात्कार गरिरहेकै अवस्थाकमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० वर्षीय रेशम बिक र दाङको तुलसीपुर उपमहानगरपालिका १५ का ३० वर्षीय पुष्कर रोका रहेको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए।

प्युठान स्वर्गद्वारी नगरपालिकाकी ती बृद्धालाई राति तुलसीपुर बसपार्कमा सहयोग गर्ने वहानामा बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र लगेर पालैपालो बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख वलीले बताए । बृद्धाले गुहार माग्दै चिच्याएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार